वर्षाका कारण बन्द भएको कर्णाली राजमार्ग आजबाट सुचारु

लोकपथ
266
Shares

काठमाडौं । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण बन्द भएको कर्णाली राजमार्ग आजबाट सुचारु भएको छ ।

चार दिनदेखि पहिरो खसेर बन्द रहेको कर्णाली राजमार्ग आज खुलेको हो । सडक अवरुद्ध हुँदा सुर्खेत–जुम्लाका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका थिए । यस्तै सडक अवरुद्ध हुँदा यात्रुहरूले सास्ति भोग्नु परेको थियो ।

कर्णाली राजमार्ग अन्तरर्गत टिमुरे भिड, गाल्जे पिली, गगन खोला, एसमोड र हुल्म बजारलगायत १५ ठाँउमा पहिरो आएपछि कर्णाली राजमार्ग शनिबारदेखि बन्द रहेको थियो । कर्णाली राजमार्ग अवरुद्ध हुदाँ सुर्खेत, नेपालगन्जदेखि कालिकोट, जुम्ला र मुगु आवत जावत गर्ने सवारी साधनहरू पनि अलपत्र परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?