राप्रपा महिला संगठन अध्यक्षद्वारा राजीनामा फिर्ता

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष अन्जना शाह रावलले राजीनामा फिर्ता लिएकी छन् । उनले फेसबुकमार्फत राजीनामा फिर्ता लिने निर्णय लिएको जानकारी दिएकी हुन्।

आफूले दिएको राजीनामा विधानअनुसार नभएको र फेसबुकबाट दिएको राजीनामा फेसबुकबाटै नै फिर्ता लिनुपर्ने भएकाले फेसबुकमार्फत फिर्ता लिएको उनले प्रष्ट पारेकी छन् ।

संगठनभित्र चरम असहयोग र काम गर्ने अवस्था नभएको भन्दै गत असार ५ गते अन्जनाले महिला संगठनको अध्यक्षसहित राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी थिइन् ।

रावलले आफ्नाे राजीनामा पत्रले पार्टीलाई पुग्न गएकाे क्षतिप्रति माफी माग्दै महामन्त्री राजेन्द्र गुरुङलाई आफनो राजीनामा फिर्ता गरिदिन पत्र पठाएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?