काठमाडौं । सरकारले निजामती कर्मचारीहरूको सरुवा, पदस्थापन, काज, कामकाज तथा सरुवासम्बन्धी मस्यौदा तयार गरेको छ । प्रशासनलाई व्यवस्थित, निष्पक्ष, पारदर्शी, वस्तुगत, अनुमानयोग्य एवम् विश्वसनीय बनाउन भन्दै नयाँ मस्यौदा तयार गरेको हो ।
सरकारको नेतृत्व फेरिने बित्तिकै ऐन र नियमावलीमा उल्लेखित प्रावधानहरूलाई मिच्दै कर्मचारीको सरुवा गर्न थालेसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ मस्यौदाहरू बनाएको हो ।
नियमावलीले यकिन गरेको अवधि, भौगोलिक अवस्था, विशेषज्ञता वा विशेष परिस्थितिबाहेक तोकिएको समयमा मात्र सरुवा गर्नुपर्ने प्रावधानसहितको स्वीकृतिको मापदण्ड बनाउन लागेको मन्त्रालय स्रोतको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया