काठमाडौं । सहकारी संस्थामा भएको रकम अपचलनका विषयमा छानबिनका लागि गठित संसदीय विशेष समितिले सहकारी पीडितहरुसँग छलफल गरेको छ। बुधबार आज सिंहदरबारमा सहकारी पीडितहरुका प्रतिनिधिहरुसँग छलफल जारी रहेको छ। जारी छलफलमा पीडितहरुसँग समस्या र समाधानका विषयमा छलफल गरिएको हो।
मंगलबार बसेको बैठकले सहकारी समस्याको समाधान खोज्न सहकारीका पीडितहरुसँग छलफल गर्ने निर्णय गरेको थियो। यसअघि छानबिन समितिले विभिन्न पक्षहरुसँग समेत छलफल गरेको थियो। गृहमन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँवर लगायतसँग छलफल गरेको थियो।
त्यस्तै राष्ट्र बैंकका गभर्नर महाप्रसाद लगायत सहकारी विभागका रजिस्टार र पूर्व रजिस्टारहरुसँग समेत छलफल गरेको थियो।
एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा गठित समितिलाई ३ महिनाको समय दिइएको छ। गत जेठ १५ गते उक्त समिति गठन भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया