ज्याकलिन फर्नान्डेज फेरि चर्चामा, सम्पत्ति शुद्धीकरण मामिलामा फेरि बोलायो इडीले

लोकपथ
91
Shares

नयाँ दिल्ली । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज फेरि एक पटक चर्चामा छिन् । भारतको कानुन कार्यान्वयन गराउने निकाय प्रवर्तन निर्देशनालय (ईडी)ले उनलाई सुकेश चन्द्रशेखरसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा बुधवार सोधपुछका लागि बोलाएको हो ।

श्रीलंकाली मूलकी ३८ वर्षीया अभिनेत्रीसँग यसअघि पनि सोधपुछ भइसकेको थियो । यो मामिला फोर्टिस हेल्थकेयरका पूर्व प्रमोटर शिवेन्द्र मोहन सिंहकी पत्नी अदिति सिंह सहित उच्च प्रोफाइलका व्यक्तिहरूबाट करिब २०० करोडको ठगीसँग सम्बन्धित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?