काठमाडौं । नेपाली कांग्रेसले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ ।
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि लिन लागेको विश्वासको मतमा सांसदहरूलाई तटस्थ नरहन र प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो ।
अल्पमतमा परेका प्रधानमन्त्री दाहाल शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया