राष्ट्रिय सभा बैठक स्थगित भएकोमा ४ दलको आपत्ति

लोकपथ
490
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएकोमा ४ दलले असन्तुष्टि जनाएका छन् ।

बिहीबार दिउँसो सवा १ बजेका लागि निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश भन्दै आइतबारसम्मका लागि स्थगित गरिएको हाे।

बैठक स्थगित भएको प्रति नेकपा एमाले राष्ट्रिय सभा प्रमुख सचेतक भगवती न्यौपाने, नेपाली कांग्रेस प्रमुख सचेतक कृष्ण बहादुर रोकाय, जनता समाजवादी पार्टी संसदीय दलका नेता मृगेन्द्र कुमार सिंह र लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका नेता शेखर कुमार सिंहले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै असन्तुष्टि जनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?