सुदूरपश्चिमका मन्त्री सोडारीकी पत्नी गीताविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोकपथ
952
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीकी पत्नी गीता सोडारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा जागिर खाएर भ्रष्टाचार गरेको भन्दै दायर गरेको मुद्दामा बिशेष अदालतले उनलाई बिहीबार दोषी ठहर गरेको हो ।

उनको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदनका सम्बन्धमा अनुसन्धान गर्दा बोर्ड अफ सेकेन्डरी एजुकेशन दिल्ली भारतबाट एउटै तहका दुईवटा माध्यामिक शिक्षा उत्तीर्ण सरहका (कक्षा १०) शैक्षिक योग्यताका प्रमाणपत्रहरु नक्कली बनाएको पाइएको अख्तियारले जनाएको छ।

गीता धनगढी-९ स्थित शिव माध्यमिक विद्यालय देवरियामा कार्यरत प्राथमिक तहकी राहत शिक्षिका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?