काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले रौतहट र पर्सा जिल्ला शोकमा डुबेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देश नै स्तब्ध भएको बताएका हुन् ।
उनले भने,‘काठमाडौंबाट रौतहट जाँदै गरेको बस र वीरगञ्जबाट काठमाडौं हिँडेको बस नारायनगढ मुग्लिन सडक खण्डको सिमलटार नजिक बेपत्ता छ । त्यसले देशलाई स्तब्ध बनाएको छ । नदीमा खसेको बस र यात्रुहरूको अवस्था के छ म सरकारको जवाफ चाहन्छु ।’
साथै उनले आठ घन्टा बितिसक्दा पनि किन उद्दार हुन सकेन भन्दै सरकारको ध्यानाकर्षण गराए । राज्य र सरकार किन यति कमजोर भएको भन्दै उनले प्रश्न गरे ।
उनले भने , ’सरकार यति कमजोर भएकै हो र ? पहिरोमा खसेको बस पत्ता लगाउन सकिरहेको छैन, यात्रु पत्ता लगाउन सकिरहेको छैन, आठ घन्टा बितिसक्यो ।’
उनले घटनामा के भैइरहेको छ सबै जानकारी देशबासीलाई दिन प्रधानमन्त्रीलाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया