काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेस र एमाले मिल्दा पनि डरले आफ्नो राजीनामा मागेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै प्रचण्डले भने, ‘आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरुले पनि मलाई नैतिकताको पाठ पठाउने प्रयास गरिराख्नुभयो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया