काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमाले २०४७ सालको संविधानको व्यवस्थामा फर्किन लागेको आरोप लगाएका छन् । उनले विश्वासको मतको प्रस्ताव पेश गर्ने क्रममा सम्बोधन गर्दै कांग्रेस एमालेको सहमतिप्रति आशंका गरेका हुन् ।
उनले दुई ठूला दल साना दलको अस्तित्व समाप्त गर्ने र समानुपातिक समावेशीको व्यवस्था पनि हटाउनेतर्फ लागेको बताए । उनले भनेको, ‘दुई ठूला राजनीतिक दलले स्थायित्वको नारा दिएका छन् राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्र हो । त्यसलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन ?’ उनले भने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया