काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी परामर्शका लागि कानुनविद्हरुसँग छलफल गर्ने भएका छन् ।
भावी सरकार संविधानको धारा ७६ (२) वा ७६ (३) अनुसार गठन हुने बारे परामर्श लिन राष्ट्रपति पौडेलले कानुनविद्हरुसँग छलफलका गर्न लागेका हुन् ।
शीतल निवासमा शुक्रबार अपरान्ह ५ः४५ बजे छलफलका लागि कानुनविद्हरु विपिन अधिकारी, भीर्माजुन आचार्य, शम्भु थापा, हरिहर दाहाल लगायतलाई आमन्त्रण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया