नारायणी नदीमा फेला परेको शव गणपति डिलक्समा सवार यात्रुको भएको पुष्टि

लोकपथ
38.9k
Shares

काठमाडौं । चितवनको भरतपुर–२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । भारतको सीतामरी जिल्ला बरगनिया थाना ग्राम जमुवा ९ नम्बर बस्ने २८ वर्षीय ऋषिपाल साह भएको खुलेको हो ।

उनी काठमाडौं बौद्धमा बसेर व्यवसाय गर्दै आएका थिए । उनको शव आज बिहान गोलाघाटको नारायणी नदीमा तैरिएको अवस्थामा भेटिएको थियो । शवको साथमा केही कागजात पनि भेटिएको थियो । प्राप्त कागजातको आधारमा शव भारतीय नागरिक ऋषि पल साहको रहेको खुलेको हो ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा हिजो शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?