आइतबार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतको मिति तय गर्ने

लोकपथ
763
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन पहिलो साता नयाँ सरकार निर्माणको मार्ग खुल्ला गर्ने तयारी गरेका छन् । उनले प्रक्रियागत रूपमा नै नयाँ गठबन्धनलाई सरकार निर्माणको वातावरण तयार गर्ने योजना बनाएको बताएका हुन् ।

विश्वासको मत लिने विषयमा तत्काल मिति तय नगरिएको बताउँदै उनले सत्ता गठबन्धनका दलहरुबिच छलफल गरेर निर्णय गर्ने जानकारी दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभा बैठकबाट विश्वासको मत लिन लागेका छन्।

नेकपा माओवादी संसदीय दल नेता जम्कट्टेल गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भई माघ ३ मा विश्वासको मतसमेत लिएका थिए। उनलाई त्यसबेला नेपाली कांग्रेसहित ६ दलहरूका १०५ जना सांसदहरूले विश्वासको मत दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?