काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबन्डा टुंग्याएका छन् । दुवै दलका शीर्ष नेताहरूबीच कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालय लिनेगरी सहमति बनेको छ ।
स्रोतका अनुसार, एमालेले अर्थसहित ८ र कांग्रेसले गृहसहित ९ मन्त्रालय लिने समझदारी जुटेको छ ।स्रोतका अनुसार, एमालेले अर्थ, भौतिक योजना, सञ्चार, शिक्षा, उद्योग, सामान्य प्रशासन र भूमिसुधार मन्त्रालयको नेतृत्व गर्नेछ । कांग्रेसले गृह, रक्षा, स्वास्थ्य, सहरी ऊर्जा, विकास, पर्यटन, कानुन, कृषि र वन मन्त्रालयको नेतृत्व लिने छ ।
संविधानकोे धारा ७६ (२) अनुसार प्रधानमन्त्री दाबी गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आज आइतबार साँझ राष्ट्रपतिले नियुक्त गर्ने तयारी गरेका छन् । भोलि सोमबार बिहान ११ बजे शपथग्रहण राखिएको छ । ओलीले राष्ट्रपतिबाट शपथ लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया