काठमाडौं । कृषि मन्त्रालयमा कार्यरत राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिकहरूको आन्दोलन अझै जारी छ ।
संघमा समायोजन भएका कृषि सेवा अन्तर्गत कृषितर्फका पुल दरबन्दीमा रहेको ३२८ जना समेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति गर्न माग गदै आन्दोलन जारी नै राखेका छन् ।
अन्य मन्त्रालयमा मन्त्रीको स्वागतका लागि कर्मचारी पुष्पगुच्छासहित लाइन लागेर बसिरहेका बेला कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कर्मचारी मन्त्रीको ध्यानाकर्षण गराउन मूलगेटमै धर्नामा बसिरहेका हुन् ।
२०७५ सालमा सरकारले समायोजन अध्यादेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरूको वृत्ति विकासका लागि नियमित रुपमा लोक सेवा नखोलिएको र ओएनएम पनि नभएको आन्दोलित कर्मचारीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया