काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रमुख सचिव केदारनाथ शर्मासँग कार्य सम्पादन सम्झौता गरेका छन् ।
आर्थिक वर्षको अन्तिममा मात्रै खर्च गर्ने परिपाटी अन्त्य गर्न आर्थिक वर्ष नलाग्दै मुख्यमन्त्री कार्कीले प्रमुख सचिव शर्मासँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।
प्रदेश सरकारका सबै मन्त्रीहरूलाई राखेर मुख्यमन्त्री कार्यालयमा कार्कीले प्रमुख सचिव शर्मासँग कार्यसम्पादन गरेसँगै मुख्यमन्त्री कार्यालयका सचिव बद्री कार्की र विष्णुप्रसाद पौडेलसँग पनि कार्य सम्पादन सम्झौता गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया