काठमाडौं । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेश सभा सदस्यले संसदीय दलको नेताबाट घनश्याम चौधरीलाई हटाएका छन् ।
शनिबार बसेको बैठकले घनश्यामलाई दलको नेताबाट हटाउदै प्रमुख सचेतक खुशीराम डगौरा थारुलाई जिम्मेवारी दिने निर्णय गरेको हो । साथै उपनेताको जिम्मेवारी कैलाश चौधरीलाई र प्रमुख सचेतकको जिम्मेवारी टिका थापालाई दिने निर्णय गरिएको हो ।
७ जनामध्ये चार जना प्रदेश सभा सदस्यको बैठकमा लक्ष्मणकिशोर चौधरी, खुशीराम डगौरा थारु, कैलाश चौधरी र टीका थापाको सहभागी रहेको थिए ।
केन्द्रमा दल नेता परिवर्तन भएको केही दिनमा नै सुदूरपश्चिम प्रदेशमा रञ्जिता श्रेष्ठ पक्षका प्रदेश सभा सदस्यसहितले रेशम पक्षका घनश्याम चौधरीलाई दलको नेताबाट बहुमतले हटाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया