काठमाडौं । पाल्पामा जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मिस्दी गाउँपालिका–७ ज्यामिरे बस्ने ३५ वर्षीय सन्त बहादुर बिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ती महिलालाई सन्त बहादुरले गत असार ३१ गते बिहान उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी रूक्सेभन्ज्याङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया