काठमाडौं। देशका विभिन्न स्थानमा डुबेर २ जनाको मृत्यु भएको छ ।
बाँकेको डोल्पा मुड्केचुला गाउँपालिका–६ घर भएका यम बहादुर बोहराको छोरा १५ वर्षीय प्रिन्स बोहराको आज बिहान मृत्यु भएको हो ।
उनी कोहलपुर नगरपालिका–६ गोल्चा चोकस्थित सिक्टा नहरमा डुबेर सोही नगरपालिका–६ बुद्धचोकस्थित मामा घर बस्दै आइरहेका थिए ।
पौडी खेल्न गएको अवस्थामा डुबेर अशक्त भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सिराहा, लहान नगरपालिका–१३ शिवचोकस्थित इँटा भट्टा नजिक जमेको पानीमा डुबेर सोही ठाउँ बस्ने रामबृक्ष रामकी छोरी १४ वर्षीया चान्दनी कुमारी रामको आज दिउँसो मृत्यु भएको छ ।
नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया