काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द अस्पताल भर्ना भएका छन् ।
अस्वस्थ भइ पूर्व प्रधानमन्त्री चन्द बुधबार वीर अस्पतालमा भर्नाका हुन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चन्द अस्पताल भर्ना भएको र उपचार भइरहेको जानकारी दिए ।
पिसावमा संक्रमण देखिएपछि चन्द उपचारका लागि उपचारका लागि अस्पताल पुगेका थिए । सो क्रममा डेंगु र टाइफाइड समेत भएपछि उनलाई थप उपचारका लागि अस्पताल भर्ना गरेर राखिएको हो ।
चन्द मुलुकमा पञ्चायती व्यवस्था हुँदादेखि बहुदलसम्म पटकपटक प्रधानमन्त्री बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया