अस्पतालको झ्यालबाट खस्दा दृष्टिविहीन क्यान्सरपीडित वृद्धको मृत्यु

लोकपथ
2.3k
Shares

चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरको तेस्रो तलाबाट खसेर एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका–२ निवासी ७६ वर्षीय बलबहादुर खाम्चा मगर छन् । उनी आज बिहीबार बिहान कलेजको ए ब्लकको तेस्रो तलाको झ्यालबाट खसेका थिए । उनी बुधबार मात्रै अस्पतालमा भर्ना भएका थिए ।

उनी क्यान्सरसम्बन्धी रोगबाट पीडित थिए । प्रहरीका अनुसार अस्पताल भवनबाट खसेर घाइते भएका मगरको उपचारको क्रममा मृत्यु भएको हो । दृष्टिविहीन ती वृद्ध बाटो खोज्ने क्रममा खस्न पुगेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?