काठमाडौं। नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघले आफ्नो दोस्रो स्थापना दिवस मनाएको छ ।
नेपाली कांग्रेस निकट साना होटल व्यवसायी संघले ‘कांग्रेससँग व्यवसायी, व्यवसायीसँग कांग्रेस’ भन्ने नाराका साथ बुधबार आफ्नो दोस्रो स्थापना दिवस मनाएको हो ।
होटल व्यवसायीहरुले मानव सेवाका क्षेत्रमा अतुलनिय योगदान दिएको भन्दै काठमाडौं महानगरपालिका–२६ मा रहेको मानव सेवा आश्रममा लोकतान्त्रिक साना होटल व्यवसायी संघले आफ्नो स्थापना दिवस मनाएको हो ।
लोकतान्त्रिक साना होटल व्यवसायी संघका केन्द्रीय अध्यक्ष लीलाप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले लोकतान्त्रिक साना होटल व्यवसायी संघले मानव सेवाको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे ।
सो अवसरमा उनले भने, ‘होटल व्यवसायीहरुले होटलमै केट काटेर भव्य कार्यक्रम गर्न सक्थे तर, मानव सेवालाई पहिलो प्राथमिकता दिएर आश्रममा कार्यक्रम गर्नु उदाहरणीय कार्य हो ।’
प्रमुख अतिथी शिवाकोटीले लोकतान्त्रिक साना होटल व्यवसायी संघले अहिलेसम्म गरेको कामको प्रशंसा गर्दै मानव सेवाका क्षेत्रमा अझ धेरै काम गर्न शुभकामना दिए ।
कार्यक्रममा काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष खेमराज तिवारीले लोकतान्त्रिक साना होटल व्यवसायी संघले स्थापना दिवसका अवसरमा मानव सेवाका क्षेत्रमा गरेको कामको प्रशंसा गरे ।
त्यस्तै स्थापना दिवसमा अवसरमा लोकतान्त्रिक साना होटल व्यवसायी संघले गरेको कामको प्रशंसा गर्दै अध्यक्ष ढकालले अब हरेक कांग्रेस नेता तथा कार्यकताहरुले यस्ता सेवा मुलक कार्यमा काम गर्नुपर्ने विचार व्यक्त गरे । उनले मानव सेवा आश्रम मात्र नभई देशभर रहेका वृद्धाश्रम तथा बालआश्रममा कार्यक्रम गर्दै मानव सेवाका क्षेत्रमा सबैलाई अभिप्रेरित गर्नुपर्ने उल्लेख गरे । उनले लोकतान्त्रिक साना होटल व्यवसायी संघले हालसम्म गरेका कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा लोकतान्त्रिक साना होटल व्यवसायी संघका पदाधिकारी, सदस्य तथा कांग्रेस नेता तथा कार्यकताहरुको उल्लेख्य सहभागिता रहेको थियो । सोही अवसरमा मानव सेवा आश्रममा रहेका आमा–बुबाहरुलाई खाना खुवाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया