माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो ‘नियोन क्रेडिट कार्ड’

लोकपथ
448
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले हाल नेपाली बैंकिङ्ग उद्योगमा नै पहिलो पटक नेपाली रुपैयाँ र अमेरिकन डलरमा ‘नियोन क्रेडिट कार्ड’ को सुविधा सञ्चालनमा ल्याएको छ ।

आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा विशिष्ट सेवा प्रदान गर्ने लक्ष्यका साथ नियोन क्रेडिट कार्ड सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

बैंकका अनुसार आधुनिक जीवनशैलीमा व्यस्त रहने ग्राहक तथा देश विदेश यात्रा गर्ने वर्गलाई लक्षित गरि सञ्चालनमा ल्याइएको ‘नियोन क्रेडिट कार्ड’ डिजाइन तथा आवरणमा चम्किलो तथा मनमोहक रहेको छ । साथै बजारमा उपलब्ध अन्य प्रकारका कार्डहरुभन्दा बिल्कुलै भिन्न देखिन्छ ।

नेपालको एक अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित माछापुच्छ्रे बैंकले ‘ग्लो विथ कन्फिडेन्स’ ट्यागलाईनसहित बजारमा ल्याएको नियोन क्रेडिट कार्ड भिसाद्वारा संचालित विश्वव्यापी स्वीकार्य विद्युतीय भुक्तानीको उत्कृष्ट माध्यम रहेको बैंकको दाबी रहेको छ ।

नियोन क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले नेपालभरका विभिन्न ३५० भन्दा बढी मर्चेन्टहरुमा विविध वस्तु तथा सेवाको उपभोग र किनमेल गर्दा विशेष छुट तथा क्यासब्याक अफरहरु प्राप्त गर्न सक्नेछन्, साथै ५ हजार वा सो बराबरको ट्याप एण्ड पे (क्यासलेस) कारोबार गर्न सक्नेछन्, जसले गर्दा ग्राहकहरुमा प्रिमियम तथा उत्कृष्ट सुविधाको अनुभुति जाग्रित हुने विश्वास बैंकले लिएको छ ।

नियोन क्रेडिट कार्ड प्रयोग मार्फत विशेष छुट तथा क्यासब्याक अफर प्राप्त गर्न सकिने मर्चेन्टहरु तथा छुट सम्बन्धि विवरणको बारेमा बैंकको वेभसाईट, सामाजिक संजाल मार्फत ग्राहकलाई निरन्तर जानकारी गराइनेछ । नियोन क्रेडिट कार्ड को पहिलो संस्करण सीमित अवधिको लागि ल्याईएको माछापुच्छ्रे बैंकको नविनतम योजना हो, जस अन्तर्गत सुपरमार्केट, होटेल, रेष्टुरेन्ट, तथा विविध फ्रेन्चाइज आउटलेट्स आदिमा विशेष छुट तथा अफर सुविधाहरु उपलब्ध गराउने बैंकको योजना रहेको छ ।

डिजिटल बैंकिङको दुनियाँमा माछापुच्छ्रेले ल्याएको नियोन क्रेडिट कार्ड मार्फत ग्राहकवर्गलाई नौलो स्वादको अनुभुती दिलाउने बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले खुसी व्यक्त गरे । ‘हामी नियोन क्रेडिट कार्ड प्रस्तुत गर्न पाउँदा निकै उत्साहित छौँ, जसले हाम्रा ग्राहकहरुको नवीनतम आकांक्षाहरु सम्बोधन हुने र सुरक्षित एवं आधुनीक प्रविधीमैत्री भुक्तानीका माध्यमबाट सदैव ग्राहकबर्गको आकांक्षाको सम्बोधन गरिने हाम्रो प्रयासलाई झल्काउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?