सेनाको कल्याणकारी कोषमा ७५ अर्ब ९० करोड ८८ लाख

लोकपथ
42.4k
Shares

काठमाडौ । नेपाली सेनाले आफ्नो कल्याणकारी कोषमा गत असार मसान्तसम्म ७५ अर्ब ९० करोड ८८ लाख नगद मौज्दात रहेको जनाएको छ ।

सैनिक मुख्यालय भद्रकालीमा विहीबार आयोजित वार्षिक पत्रकार सम्मेलनमार्फत सेनाले सैनिक कल्याणकारी कोषमा गत असार मसान्तसम्म ७५ अर्ब ९० करोड ८८ लाख नगद मौज्दात रहेको जनाएको हो ।

सैनिक कल्याणकारी निर्देशनालयका सहायकरथी किरण केसीले २०८१ को असार मसान्तसम्म कोषमा नगद ७५ अर्ब ९० करोड ८८ लाख नगद मौज्दात रहेको जानकारी दिएका हुन् ।

उनका अनुसार कोषबाट सोही समयसम्म ६ अर्ब ९७ करोड ९६ लाख विभिन्न क्षेत्रमा लगानी गरिएको छ। सेनासँग कोषमा नगद र कोषको यथार्थ सम्पत्ति गरि हाल  ८२ अर्ब ८८ करोड ७४ लाख रहेको केसीले जानकारी दिए ।

कोषमा शान्ति सेनामा भाग लिए बापत प्रात हुने रकम, बैंक तथा बित्तिय संस्थाहरुमा निक्षेप गरिएको रकमबाट प्राप्त हुने ब्याज तथा शिक्षण शुल्कबाट प्राप्त हुने रकम रहने गरेको छ । कोषसँग करिब १० लाख हिताधिकारी प्रत्यक्ष जोडिएको सेनाले जनाएको छ । सो कोष २०३२ सालमा स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?