राप्रपाले बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने

लोकपथ
273
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ ।

बिहीबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीले मागेको विश्वासको मतको विपक्षीमा मत दिने निर्णय गरेको राप्रपा संसदीय दलका उपनेता गिरबहादुर तामाङले जानकारी दिए ।

मुख्यमन्त्री जम्कट्टेलले आइतबार अपराह्न १ बजे प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । केन्द्रमा एमाले र नेपाली कांग्रेस मिलेर नयाँ सत्ता समीकरण बनाएसँगै त्यसको असर बागमती प्रदेशमा पनि परेको हो । बागमतीमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?