न्यूरोडमा फुटपाथ विस्तार : फेरि आन्दोलनमा उत्रिए स्थानीय

लोकपथ
231
Shares
फाइल तस्बिर

काठमाडौं । न्यूरोडका स्थानीय फेरि आन्दोलनमा उत्रिएका छन् ।

उच्च अदालत पाटनले त्यहाँको फुटपाथ विस्तारमा कुनै अवरोध नगर्न आदेश दिएसँगै त्यहाँ फुटपाथ विस्तारको काम भइरहेको छ । तर यसअघि पनि विरोध जनाएका स्थानीय आज पुनः आन्दोलनमा उत्रिएर अवरोध खडा गरेका हुन् ।

यसअघि पनि काठमाडौं महानगर र त्यहाँका स्थानीयबीच लफडा चलेको थियो । तर सडक विभागले काठमाडौं महानगरपालिकाले उप्काएकाले कालोपत्र टालेपछि केही समय घटना सेलाएको थियो ।

अहिले त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मीको परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?