काठमाडौं । कोटेश्वरस्थित एक गेष्ट हाउसमा प्रहरीले छापा मारी ६ जना बालिकाको उद्धार गरेको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्टहाउसबाट उनीहरूलाई गए राति उद्धार गरेको हो ।
सो गेष्ट हाउसका सञ्चालक रामेछापका नवीन थापा हुन् । उनले बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाइफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्यूरोका सूचना अधिकारी एसपी गौतम मिश्रले जानकारी दिए ।
गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौंको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई नियन्त्रणमा लिइएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया