परराष्ट्रमन्त्री डा. राणासँग अमेरिकी राजदूतको शिष्टाचार भेट

लोकपथ
35
Shares

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले आज शिष्टाचार भेट गरेका छन् ।

शुक्रबार परराष्ट्रमन्त्री राणालाई भेट्न राजदूत थम्पसन सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेका हुन् ।

भेटका क्रममा उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धका विविध पक्षहरूका साथै द्विपक्षीय हितका बारेमा छलफल भएको थियो ।

त्यस्तै भेटमा पारस्परिक लाभका विविध पक्ष, विकास तथा साझेदारीका विषयमासमेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?