प्रभु बैंक र ‘दाह्रिको निट एण्ड क्लिन मिट शप’ बीच सम्झौता

लोकपथ
749
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेड र ‘दाह्रिको निट एण्ड क्लिन मिट शप’ बीच सम्झौता भएको छ ।

बैंकका तर्फबाट प्रदेश प्रमुख अधिकृत राजु केसी र मिट शपको तर्फबाट प्रोपाइटर श्यामराज पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

बैंक र मिटशपबीच बैंकका कर्मचारी र ग्राहकहरुलाई विभिन्न सेवामा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

जसअनुसार प्रभु बैंकको मोबाइल बैंकिङ, डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गरी दाह्रीको मिट शपमा कारोबार गर्ने कर्मचारीलाई २० प्रतिशत र ग्राहकहरुलाई १० प्रतिशत छुट प्राप्त हुनेछ ।

त्यस्तै इमाडोल ललितपुरमा रहेको उक्त मिट शपबाट विभिन्न प्रकारका मासु आइटम खरिद गर्नेहरुलाई आकर्षक छुटको समेत व्यवस्था गरिएको प्रोपाइटर पाण्डेले जानकारी दिए ।

उनका अनुसार बैंकका कर्मचारी र ग्राहकहरुका लागि छुट्टाछुट्टै छुटका अवसरहरु दिइएको छ ।

फ्रेस खसीको मासु खरिदमा बैंकका कर्मचारीलाई १० प्रतिशत छुट हुनेछ भने ग्राहकहरुलाई ५ प्रतिशत छुट हुनेछ । त्यस्तै अन्य फ्रोजन आइटमका हकमा पनि कर्मचारीलाई १० र ग्राहकलाई ५ प्रतिशत तथा बदेलको मासुमा पनि सोही प्रतिशत छुट हुनेछ ।

पाण्डेका अनुसार जिउँदो कुखुरा र हाँस लगायतको खरिदमा भने बैंकका कर्मचारीको लागि २० प्रतिशत र ग्राहकको लागि १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

यो छुटको अफर सिमित अवधिका लागि मात्रै रहेकाले त्यसबाट फाइदा उठाउन बैंकले आग्रह गरेको छ । जुन १५, २०२४ बाट सुरु भएको उक्त अफर जुन ३०, २०२५ सम्मका लागि मात्रै लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?