काटिएका उद्योगहरुमा तत्काल बिजुली जोड्न कुलमानलाई प्रधानमन्त्री ओलीको निर्देशन

लोकपथ
112
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरुमा काटिएको विद्युत आपूर्ति सहज बनाउन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले आज ऊर्जामन्त्री दीपक खड्का, उद्योगमन्त्री दामोदर भण्डारी, नेपाल विद्युत प्राधिकारणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र उद्योगीसँग बालुवाटारमा छलफल गरेका थिए ।
सो क्रममा काटिएका उद्योगहरुमा विद्युत तत्काल जोड्न निर्देशन दिएका हुन् ।

आज प्रधानमन्त्री ओलीले डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौता विवाद समाधानका लागि छलफल गरेका थिए ।

ओलीको निर्देशनपछि कुलमानले भने प्राधिकरणको बोर्ड बैठक बसेर त्यसबारे निर्णय लिने बताएका थिए । तर ओलीले उद्योगीहरुलाई मारमा पार्न नहुने भन्दै आजै विद्युत जोड्न भनेका हुन् ।

पछिल्लो समय डेडिकेटेड र ट्रंकलाईन अन्तर्गन बिजुली जोडेका उद्योगहरुले बक्यौता नबुझाएको भन्दै प्राधिकरणले धेरै उद्योगहरुको विजुली काटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?