आज कांग्रेस संसदीय दलको बैठक बस्दै

लोकपथ
70
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठक मध्याह्न १२ बजे सुरु हुनेछ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गर्दै सांसदहरुलाई अनिवार्य संसदमा उपस्थित हुन आग्रह गरिएको छ ।

त्यस्तै, बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ ।

आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् ।

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानीक व्यवस्थाअनुसार ओलीले विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रितिनिधि सभा बैठक बस्दैछ ।

संसदका दुई ठुला दल मिलेर बनेको सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष ओली गत असार २८ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?