काठमाडौं । बङ्गलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा हिंसा झन चर्किँदै गएको छ ।
हिंसात्मक प्रदर्शन रोक्न सरकारले शुक्रबार मध्यरातबाट कर्फ्यु लगाइएको भएपनि राजधानी ढाकामा शनिबार भएको हिंसात्मक झडपमा १० जनाको मृत्यु भएको हो । यस क्रममा कम्तीमा ९१ जना घाइते भएका छन् ।
शनिबार ढाकाको बड्डा र सैयदाबाद क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको थियो । गएको मंगलबारदेखि सुरु भएको हिंसामा हालसम्म देशभर कम्तीमा ११० जनाको मृत्यु भइसकेको छ ।
यो पनि
बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनमा मृतकको संख्या ३९ पुग्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया