हरिवंश आचार्य अस्पताल भर्ना

लोकपथ
525
Shares
फाइल तस्बिर

काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना भएका छन् ।

विराटनगरमा एक कार्यक्रममा सहभागी हुन पुगेका आचार्यको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका हुन् ।

विराटनगरस्थित विराट नर्सिङ होममा उपचाररत रहेका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् । साथै आचार्यको स्वास्थ्य अवस्था सामान्य रहेको समेत उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?