स्वास्थ्य क्षेत्रको सुधारका लागि मन्त्री पौडेलले मागे सुझाव

लोकपथ
231
Shares
फाइल तस्बिर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि सुझाव माग गरेका छन् ।

मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत स्वास्थ्य क्षेत्रको सुधारका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुधारका लागि सुझाव माग गरेका हुन् ।

आम नागरिकसँग जोडिएको विषय भए पनि यसअघिका सरकारले स्वास्थ्य क्षेत्रमा त्यति ध्यान दिन सकिरहेको थिएन । मन्त्रीको पदभार ग्रहण गर्दै स्वास्थ्य क्षेत्रको ठोस योजनासहित काम गर्ने अठोट गरेका मन्त्री पौडेलले समग्र स्वास्थ्यक्षेत्रको वृहत्तर सुधारका लागि सरोकारवालाहरुसँग सु्झाव माग गरेका हुन् ।

‘स्वास्थ्य क्षेत्रमा धेरै समस्या र चुनौतीहरू छन् । ती समस्याको एक एक गर्दै समाधान खोज्न र अहिलेको अवस्थालाई सुधार गर्न तथा विकसित हुँदै आएका नयाँ प्रविधि र उपचार विधिहरूको अवलम्बन गर्न नीतिगत र प्रणालीगत सुधारको खाँचो छ । यसका लागि समग्र स्वास्थ्य प्रणालीलाई एकीकृत रुपमा विकास गर्न तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजनाहरू निर्माण गर्नुपर्छ। ती योजनाहरू निर्माण गर्न, हामी सबैले आ–आफ्नो स्थानबाट प्रयास गर्न आवश्यक छ । यसका लागि, स्वास्थ्य क्षेत्रका सरोकारवाला सबैसँग सुझाव सल्लाह लिएर सामूहिक रूपमा योजना बनाएर अघि बढ्ने छौँ । त्यसैले, समग्र स्वास्थ्य प्रणाली भित्र रहेका प्रमुख समस्याहरू के–के हुन् ? ती समस्याका सूची भित्र पनि प्राथमिकताका विषय के–के हुन् ? र, तीनको समाधान कसरी गर्ने ? जस्ता सवालहरूको तत्कालीन र दीर्घकालीन समाधानका लागि के( कस्ता योजना निर्माण गर्ने र कार्यान्वयन गर्ने भन्ने सन्दर्भमा यहाँहरूको रचनात्मक सुझावको अपेक्षा गरेको छु,’ मन्त्री पौडेलले भनेका छन् ।

त्यस्तै उनले आफूलाई जिम्मेवारी प्रदान गरेकोमा सरकारप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा जनताको भावना अनुसार काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?