सुर्खेत । नेकपा एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा सहभागी माओवादीका मन्त्रीहरूले आज सोमबार सामूहिक राजीनामा दिएका छन् । सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै उनीहरूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
केन्द्रमा दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरणको सरकार बनेसँगै माओवादी कर्णाली सरकारबाट बाहिरिएको संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिए । मन्त्रीको राजीनामासँगै माओवादी संसदीय दलले यमलाल कँडेल नेतृत्वको सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने जनाएको छ ।
प्रदेश सरकारमा माओवादीका चार मन्त्री थिए । एमाले नेता यामलाल कँडेल नेतृत्वको कर्णाली प्रदेश सरकारमा माओवादीबाट आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावत, ऊर्जा तथा जलस्रोतमन्त्री रणसिंह परियार र सामाजिक विकासमन्त्री वीरबहादुर शाही सहभागी थिए ।
केन्द्रमा दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरणको सरकार बनेसँगै माओवादी कर्णाली सरकारबाट बाहिरिएको हो । कर्णालीमा पहिलोपटक माओवादी प्रमुख प्रतिपक्षी दलको बेन्चमा बस्ने भएको छ । प्रदेश सरकार गठन भएदेखि नै सरकारमा सहभागी हुँदै आएको माओवादी ६ वर्षदेखि सरकारमा छ ।
माओवादी सरकारबाट बाहिरिएकाले अब कांग्रेसको ‘इन्ट्री’ हुने भएको छ । ४० सदस्यीय प्रदेश सभामा एमालेका ९ (सभामुख बाहेक) र कांग्रेसका १५ सांसद छन् । सरकार बनाउन २१ सांसद आवश्यक पर्नेमा यी दुई दलका प्रदेश सभा सदस्य नै पर्याप्त छन् । ४० सदस्यीय प्रदेश सभामा एमालेका ९ (सभामुख बाहेक) र कांग्रेसका १५ सांसद छन् । सरकार बनाउन आवश्यक पर्ने २१ सांसद दुई दलका छन् । दुई दलका सांसदको संख्या जोड्दा २४ पुग्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया