जलवीरेमा माइक्रोबस दुर्घटना : ३ जना घाइते, एकको अवस्था गम्भीर

लोकपथ
1k
Shares

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलवीरेमा माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

कावासोतीबाट काठमाडौं आउँदै गरेको ग१ख ९१५५ नं को माइक्रो आज बिहान नारायणगढ–मुग्लिन खण्डअन्तर्गत जलवीरेमा सडकको डिभाइडरमा ठोकिँदा बसमा सवार तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुर उपचार भइरहेको छ भने घाइतेमध्ये माइक्रोका सहचालक नवलपुरको कावासोती नगरपालिका–८ बस्ने ३६ वर्षीय को धनश्याम न्यौपानेको अवस्था गम्भीर छ ।

उक्त माइक्रो बस आफैँ अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । त्यस्तै माइक्रो बसका चालक चितवनको माडी नगरपालिका–१ का नन्दलाल महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

साथै उक्त माइक्रोमा सवार रहेका १७ रहेका थिए, घाइते बाहेक अन्य यात्रुहरु भने शकुसल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?