काठमाडौं । गृह मन्त्रालयले सामाजिक सुरक्षा भत्ता लिनेलाई राष्ट्रिय परिचयपत्र अनिवार्य नभएको जनाएको छ । गृहमन्त्रालयले यसअघि भएको निर्णय बदल्दै तत्कालका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नभएको प्रष्ट पारेको हो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तर्गतको सामाजिक सुरक्षा शाखाले ७ सय ५३ वटा स्थानीय तहलाई पत्र लेख्दै यसबारेमा जानकारी गराएको हो ।
गत असार २७ गतेको मन्त्रिपषिद्को बैठकले सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीलाई राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्ने निर्णय गरेको थियो । यसअघि जेठ २४ मा सरकारले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया