बागमतीको मुख्यमन्त्रीमा कांग्रेसबाट बहादुरसिंह लामाले गरे दाबी पेस

लोकपथ
70
Shares
फाइल तस्बिर

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले दाबी पेस गरेका छन् ।

केहीबेरअघि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष नेकपा एमालेका २७ र उनको दल कांग्रेसका ३७ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

लामासहित कांग्रेस सांसद इन्द्रबहादुर बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले दाबी पेस गरेका हुन् ।

केन्द्रको सत्ता समीकरणमा फेरबदल आएसँगै उनले बागमतीमा नयाँ सरकार बन्न लागेको हो । एमालेले यसअघिका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई दिएको समर्थन फिर्ता लिएसँगै जम्कट्टेलले राजीनामा दिएका थिए ।

प्रदेश प्रमुख शर्माले आज साँझ ५ बजेसम्मका लागि मुख्यमन्त्रीको दाबी पेस गर्ने समय दिएका थिए । सोही अनुसार लामाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

पहिलोपटक बागमती प्रदेश सरकारको नेतृत्वमा कांग्रेस आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?