६ उद्योगमा आजै बिजुली जोडिने, तीन महिनामा बक्यौता नतिरे पुनः काटिने

लोकपथ
119
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ट्रंकलाइन र डेडिकेटेट विवादमा काटिएका ६ वटा उद्योगमा आजै बिजुली जोड्ने भएको छ ।

आज बसेको प्राधिकरणको बोर्ड बैठकले सो निर्णय गरेको हो ।

बिजुलीको महसुल विवादमा विद्युत प्राधिकरणले ६ वटा उद्योगको बिजुली गत असार २५ गतेदेखि काटिदिएको थियो ।
रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिलको बिजुली काटेको थियो ।

आजको बैठकले आगामी तीन महिनामा बिजुलीको बक्यौता नतिरेमा पुनः सोही नियमअनुसार काट्ने सर्तमा बिजुली जोड्न लागेको हो ।

‘आगामी तीन महिनाभित्र उद्योगीहरुले बक्यौता विद्युत महसुल भुक्तानी नगरेमा नियमानुसार पुनः बक्यौता असुल उपर गर्न कारबाही अघि बढाउने गरी हाललाई उद्योगीहरुको काटिएको लाइन जोड्ने,’ प्राधिकरणको बोर्ड बैठकले निर्णय गरेको छ ।

केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले काटिएका उद्योगहरुमा बिजुली जोड्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीले उक्त निर्देशन दिएपछि कमिसनको लोभमा केही उद्योगीहरुलाई राहत हुने गरी निर्देशन दिइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आपत्ति जनाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?