सांसद महतोले ५ हजार घुस दिएको प्रकरण : छानबिन थाल्न गृहमन्त्रीको निर्देशन

लोकपथ
203
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वमन्त्री एवं सांसद डा वीरेन्द्र महतोले घुस दिएको विषय अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री लेखकले सांसद महतोले घुस दिएको विषयमा सांसदहरुले सदनमा उठाएका विषयमा सरकार गम्भीर रहेको भन्दै अनुसन्धान अघि बढाएको सदनलाई जानकारी दिएका हुन् ।

आफूले व्यक्तिगत रुपमै सांसद महतोसँग उक्त विषयमा जानकारी लिएको उहाँले बताए ।

‘घुस प्रकरणमा तत्काल छानबिन थाल्न आदेश भएको छ । यो विषयलाई सरकारले गम्भीर रुपमा लिएको छ,’ गृहमन्त्री लेखकले भने, ‘सदनमा एक सदस्यले आफ्नो छोराको सर्टिफिकेटको सन्र्दभमा विचौलीयालाई घुस दिएको कुरा उठाउनुभएको छ । मैले व्यक्तिगत रुपमा उहाँसँग कुरा गरेर घुस लिने मान्छे चिनाउन आग्रह गरेको छु ।’

पूर्व मन्त्री समेत रहेका महतोले आइतबार प्रतिनिधि सभा बैठकमा आफूले राष्ट्रिय परीक्षा बोर्डमा काम गराउनका लागि ५ हजार घुस दिएको बताएका थिए । संसद्को रोष्टमबाटै सांसदले घुस दिएको खुलासा गरे पनि सरकारले त्यसमा चासो नदिएको भनेर आलोचना समेत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?