काठमाडौं । कैलालीमा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ बस्ने २० वर्षीय अमर गौतम रहेका छन् ।
इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टाेलीले गौतमलाई लम्की बजारबाट मंगलबार बिहान पक्राउ गरेको हो ।
जिल्ला अदालत कैलालीबाट उक्त मुद्दामा ३ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका गौतमलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कैलाली पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया