बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री लामाको शपथ भोलि मात्रै

लोकपथ
147
Shares
फाइल तस्बिर

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाको पद तथा गोपनियताको शपथ बुधबार मात्रै हुने भएको छ ।

आज प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री लामाको शपथग्रहण समारोह बुधबार (भोलि) बिहान १०ः४५ बजेका लागि राखिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता गोविन्द्रप्रसाद पौडेलले लोकपथलाई जानकारी दिए ।

‘भोलि बिहान १०ः४५ बजेका लागि शपथग्रहणको कार्यक्रम राखिएको छ,’ उनले भने ।

त्यस्तै भोलि मुख्यमन्त्री लामासहित कांग्रेसका ६ र एमालेका ५ मन्त्रीले समेत शपथग्रहण गर्ने बुझिएको छ । भोलि नै बागमतीमा मन्त्रिपरिषद्ले समेत पूर्णता दिने तयारी गरिएको छ ।

केन्द्रको सत्ता फेरबदलपछि बागमतीमा नयाँ सरकार गठन भएको हो । अल्पमतमा परेपछि आइतबार यसअघिका मुख्यमन्त्री माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले राजीनामा दिएका थिए ।

बागमती प्रदेशमा कांग्रेसले पहिलोपटक सरकारको नेतृत्व गरेको हो ।

याे पनि

बहादुरसिंह लामाको राजनीतिक यात्रा : गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?