काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा केहीबेर अघि दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा चालक दलका सदस्यसहित १९ जना रहेको बुझिएको छ ।
पोखराबाट आएको सौर्य एयरलाइन्सको सो जहाज अवतरणका क्रममा रनवेबाट चिप्लिएर दुर्घटनामा परेको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले बताए ।
दुर्घटनाका कारण जहाजको दुई ठाउँबाट धुवाको मुस्लो निस्केकाले जहाजको एउटा टुक्रा उछिट्टिएको जस्तो देखिन्छ ।
प्रहरीका अनुसार अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । विस्तृत विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया