विमान दुर्घटना अपडेट : एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली सवार

लोकपथ
9.9k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा केहीबेर अघि दुर्घ*टनामा परेको सौर्य एयरलाइन्सको ९एन–एएमई ९सीआरजे २००० विमानमा सर्वसाधारण यात्रु नरहेको बताइएको छ ।

विमानमा सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली सवार रहेको बुझिएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार विमान उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घ*टना भएको हो ।

विमानमा चालकदलसहित १९ जना बताइएको छ । यद्यपि विमानस्थल कार्यालयले यसबारे पुष्टि गरेको छैन । दुर्घटनाका घाइतेहरुलाई उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ ।

जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई पनि उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । विस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?