काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको पुष्टि भएको छ ।
एयरलाइन्सले सार्वजनिक गरेको विवरण अनुसार क्याप्टेन मनिषरत्न शाक्य, को–पाइलट एस कटुवालसहित १९ जना सवार रहेका थिए ।
उक्त विमानमा अन्य सर्वसाधारण भने रहेका थिएनन् । एयरलाइन्सले इन्जिनियर र प्राविधिकहरुको टोलीसहित काठमाडौंबाट पोखराका लागि उडेको थियो । उडान भर्नेबित्तिकै रनवेमा चिप्लिएर जहाज दुर्घटनामा परेको हो ।
हालसम्म १८ जनाको मृत्यु भएको छ । भने क्याप्टेन शाक्यको भने उद्धार गरी उपचारका लागि केएमसी अस्पताल लगिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया