गेस्ट हाउसमा अचेत अवस्थमा फेला परेकी महिलाको मृत्यु

लोकपथ
19.9k
Shares

काठमाडौं । ललितपुर महानगरपालिका–७ ग्वार्को स्थित गेस्ट हाउसमा अचेत अवस्थमा फेला परेकी महिलाको मृत्यु भएको छ ।   

गोदावरी नगरपालिका–८ डुकुछाप घर भई हाल सातदोबाटो बस्दै आएकी ती महिलाको बि एण्ड बि अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हाे ।

गएराति ती महिला एक युवकसँग गेस्ट हाउसमा आएकी थिइन् । बिहानीपख बेहोस भएपछि गेस्ट हाउस सञ्चालकले बि एण्ड बी अस्पतालमा लगेकामा उपचारकाे क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?