गोकर्णबाट पाखाथोक जाने घट्टेखोला किनारको सडक बाढीले बगाउन थाल्यो

लोकपथ
217
Shares

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ स्थित उपभोक्ता समितिले बनाएको सडक बाढीले बगाउन थालेको छ । गोकर्णबाट पाखाथोक जाने घट्टेखोला किनारको सडक गय रातिको वर्षासँगै आएको बाढीले भत्काएको हो ।

तीन वर्षअघि उपभोक्ता समितिले खोलाको किनारमा पर्खाल लगाएर सडक निर्माण गरेको थियो । धेरै विद्यालयका सवारीसाधन आवागमन हुने यो खण्ड जोखिमपूर्ण बन्दै गएको स्थानीय विजय कर्माचार्यले बताए ।

नगर प्रमुख दीपककुमार रिसाल र वडा नं ४ का वडाध्यक्ष जयराम महतले आज बिहान उक्त सडक खण्डको स्थलगत निरीक्षण गरेका थिए ।

धेरै स्थानीयवासीले प्रयोग गर्ने सडक भएकाले तत्काल लगत अनुमान तयार पारेर निर्माण गरिने वडाध्यक्ष महतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?