संसारकै सबैभन्दा अल्छी जनावर

लोकपथ
5.5k
Shares

काठमाडौं । हाम्रो संसार अचम्मको छ । संसारमा धेरै अनौठो प्रकारका जनावरहरू छन् । कुनै हेर्दा अनौठो लाग्ने हुन्छन् भने कुनैको बानी अनौठो खालको हुन्छ । आज हामी यस्तै अनौठो बानी भएको जनावरको बारेमा बताउने छौँ । हामीले ठूलो, बलियो, सानो र सुन्दर जनावरको बारेमा सुनिरहने गरेका छौँ । सबैभन्दा अल्छी जनावर भनेर चाहिँ कम नै सुन्ने गरेका छौँ । संसारमा यस्तो अल्छीपन भएको जनावर पनि छ, जसले आफ्नो पूरै जिन्दगी एकै ठाउँमा उल्टो झुन्डिएर बिताउने गर्छ ।

यो जनावरको नाम स्लोथ हो । यसले आफ्नो जीवनको ९० प्रतिशत जीवन उल्टो झुण्डिएर बिताउँछ र खाना पनि उल्टो झुण्डिएर नै खाने गर्छ । अल्छीपनको कारणले होला, प्रकृतिले सजिलो बनाउका लागि तिनीहरुको घाँटीमा त्यस्ता १० वटा हड्डी वा मेरुदण्ड दिएको छ, जसले गर्दा तिनीहरूले आफ्नो घाँटीलाई २७० डिग्रीसम्म घुमाउन सक्छन् । यो जनावरले पात खाने गर्छ र यिनीहरुको पाचन प्रणाली धेरै ढिलो हुन्छ । पात खाएर यिनीहरु दिनभर झुन्डिरहने गर्छन् । एउटा पात पचाउन एक महिना लाग्छ । साथै, एक तिहाइ खाना उनीहरूको पेटमा लामो समयसम्म नपचिकन रहिरहेको हुन्छ ।

यो जनावर यति ढिलो छ कि यदि कुनै हिंस्रक जनावरले आक्रमण गरेको खण्डमा ज्यान जोगाउन भाग्नु परेको खण्डमा पनि यसको गति एक मिनेटमा साढे ६ फिट मात्र सार्न सक्छ । यस जनावरको औंलाहरू छुट्टाछुट्टै चल्न सक्दैन । एकैसाथ फोल्ड हुने र खुल्ने हुन्छ । यो जनावर दक्षिण मध्य अमेरिकामा पाइन्छ । यो एक शाकाहारी स्तनधारी जनावर हो । यसका ६ प्रकारका प्रजातिहरू पृथ्वीमा पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?