कोशी प्रदेशमा सरकारबाट बाहिरियो माओवादी, मन्त्रीहरुले दिए राजीनामा

लोकपथ
182
Shares

काठमाडौं । केन्द्रमा सत्ताको फेरबदलपछि कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ ।

शुक्रबार बसेको प्रदेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

त्यसलगत्तै सरकारमा सामेल ४ मन्त्री र एक राज्यमन्त्रीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन् ।

माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा, राजेन्द्र कार्की स्वास्थ्य मन्त्री, नारायण बुर्जा मगर पर्यटन, वन तथा वातावरण मन्त्री रहेका थिए भने वन्दना झाँगड पर्यटन बन तथा वातावरण राज्यमन्त्री रहेकी थिइन् ।

केन्द्रमा सररकार फेरबदलपछि अन्य प्रदेशहरुमा तत्काल सरकार परिवर्तन भए पनि कोशीमा भने पर्ख र हेरको अवस्थामा माओवादी र एमाले रहेका थिए । तर माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेपछि सरकारबाट बाहिरिने िनर्णय गरेका हुन् ।

२०८१ साल वैशाख २७ गते कार्की मुख्यमन्त्री नियुक्त भएपछि माओवादी पनि सरकारमा सामेल भएको थियो । त्यससँगै कोशीमा एमाले नेतृत्वकै सरकार हुने र सत्ता सहयात्रीको रुपमा कांग्रेसले साथ दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?